Nepal's First Video FM

साउथ इन्डियन अभिनेत्री ऐश्वर्या अर्जुनमा पनि कोरोना संक्रमण

333

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चनपछि साउथ इन्डियन अभिनेत्री ऐश्वर्या अर्जुनमा पनि कोरोना संक्रमण देखिएको छ । साउथ अभिनेता तथा निर्माता अर्जुन सरजाकी छोरी तथा अभिनेत्री ऐश्वर्या पनि कोरोना संक्रमित भएकी हुन् । ऐश्वर्याले सामाजिक सञ्जालमा यसबारे जानकारी दिँदै पछिल्लो समय उनीसँग नजिक रहेका व्यक्तिहरूले पनि कोरोना परीक्षण गराउन सुझाव दिएकी छिन् ।

उनले लेखेकी छिन्, “मैले हालै गरेको परीक्षणमा कोरोना पोजेटिभ आएको छ । अहिले डाक्टरको निगरानीमा घरमै क्वारेन्टिनमा बसिरहेकी छु । पछिल्लो केही समययता मसँग सम्पर्कमा हुनुभएका सबैले परीक्षण गराउनुहोला ।”

उनले सबैलाई मास्क लगाउन र सुरक्षित बस्न आग्रह गर्दै पोस्ट टुङ्ग्याएकी छिन् । (इन्डियन एक्सप्रेस)

You might also like

Comments are closed.