काठमाडौँ : बाराको देवताल गाउँपालिकामा एकैपटक ठूलो संख्यामा ४६ जना स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मीमा कोरोना भाइरस पुष्टि भएपछि पूरै पालिका निषेधाज्ञा जारी गरिएको छ । ७४ वटा नमुना परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय बाराले पूरै गाउँपालिकामा आसपासका पालिकाबाट आवागमनसमेत निषेधाज्ञा जारी गरेको हो ।
संक्रमितमध्ये ११ जना महिला र ३५ जना पुरुष छन् । ‘पेड पीसीआर गराएका, समुदायबाट संकलन गरिएको स्वाबको रिपोर्टसमेत पोजेटिभ देखिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।देवताल गाउँपालिकाका ३४ जना, सुवर्ण गाउँपालिकाका ३, कलैया उपमहानगरपालिकाका ३ जना र धनकौलका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो संक्रमित हुनेमा गाउँपालिका अध्यक्षसहित ९ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, ६ जना गाउँपालिकाका कर्मचारी, ६ जना स्वास्थ्यकर्मीको परिवारका सदस्य र बाँकी स्थानीय रहेकोे जनाइएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ र संक्रमक रोग नियन्त्रण ऐन २०२० अनुसार निषेधाज्ञा सूचना प्रकाशित गर्दै अर्को सूचना जारी नभएसम्मका लागि देवताल गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । जिल्लामा स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टिनमा संक्रमित निको हुँदै फर्किएपछि कतिपय पालिकाको क्वारेन्टिन बन्द भइसकेको थियो ।
देवताल गाउँपालिकाको समेत गत असार २३ गतेबाट क्वारेन्टिन बन्द भएपछि अन्तिम पटक जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित ७१ जनाको स्वाब पठाएकोमा ४६ जनाको पोजेटिभ आएको हो । देवताल गाउँपालिका कार्यालय र वडा कार्यालयहरूबाट प्रदान गरिँदै आएको सेवा बन्द गरिएको छ । अत्यावश्यक खाद्यान्न औषधि, ग्यास, दूध, तेलबाहेक सम्पूर्ण पसल, तथा हाटबजार बन्द भएको छ , अत्यावश्यक काममा बाहेक नागरिकलाई घर बाहिर निस्कन सवारी बाहेक मोटरसाइकल समेत सञ्चालनमा प्रतिबन्ध र अन्तर आसपासका पालिकाबाट आवागमन निषेध गरिएका छ भने धार्मिक साँस्कृतिक, सामाजिक कार्य सम्पूर्णमा प्रशासनले रोक लगाएको छ ।
Comments are closed.