Nepal's First Video FM

पछिल्लो २४ घण्टामा भारतमा थपिए ३७ हजार १४८ जना कोरोना भाइरस संक्रमित

417

कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ३७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन्। सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार १४८ जना कोरोना भाइरस संक्रमित थपिएका हुन।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ५८७ जनाको कोरोनाका कारण निधन भएको पनि जनाएको छ। त्यसैसँगै भारतमा कोरोनाकै कारण निधन भएकाहरुको संख्या अहिलेसम्म २८ हजार ८४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन्।

योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या ११ लाख ५५ हजार १९१ पुगेको अधिकारीहरुले जनाएका छन्। भारतमा अहिले पनि ४ लाख २ हजार ५२९ जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख २४ हजार ५७८ जना संक्रमणमुक्त भएका छन्।

कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा ३ लाख १८ हजार ६९५ जना संक्रमित भएका छन् भने संक्रमणको कारण १२ हजार ३० व्यक्तिको निधन भएको छ। त्यसपछि तमिलनाडुमा १ लाख ७५ हजार ६७८ संक्रमित रहेका छन्। राजधानी समेत रहेको दिल्ली प्रदेशमा १ लाख २३ हजार ७४७ कोरोना भाइरस संक्रमित रहेका छन्।

You might also like

Comments are closed.