Nepal's First Video FM

५ बर्ष सत्ता बाहिर बसेर के गर्दै छ कांग्रेस?

656

फाल्गुन १२, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेस आगामी पाँच वर्षसम्म सत्ताको बागडोर नलिने पक्षमा रहेको बताएकाछन्। नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको ‘संघीयतामा प्रेसको भूमिका’ विषयक कार्यक्रममा उनले सत्ता बाहिर बसेर लोकतन्त्रको सुदृढीकरण, संघीयता र संविधानको कार्यान्वयनमा पार्टी गोलबद्ध हुने बताए।

उनले नेपाली राजनीतिमा परिवर्तनको मियोका रुपमा स्थापित कांग्रेसलाई आगामी पाँच वर्षमा अब्बल पार्टीमा दर्ज गराई पार्टीका तलदेखि माथिसम्मका कुनै नेताले विश्राम नलिने उद्घोषसमेत गरेकाछन् छ। सो अवसरमा प्रवक्त शर्माले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश शर्मा, न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली र नेपाल टेलिभिजन सञ्चालक समितिका सदस्य गोविन्द धिताललाई सम्मान गरेका थिए।

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले नेपालका हरेक प्रजातान्त्रिक आन्दोलनमा नेपाली प्रेसले पुर्‍याएको योगदानलाई कसैले भुल्न नहुने चर्चा गरे। रासस

You might also like

Comments are closed.