Nepal's First Video FM

फेरी आज लकडाउन खुलेकै दिन कोरोनाबाट एक जनाको मृत्यु, मृतकको संख्या ४१ पुग्यो

185

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका ३ मोरइका ६० वर्षीय एक पुरुष रहेका छन् ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजिटिभ आएको तीन दिनपछि मृत्यु भएको हो ।

उनमा कुनै दिर्घरोग नभई कोरोना कै कारण मृत्यु भएको बताइएको छ । कोरोना संक्रमणपछि उनलाई निमोनिया र मिर्गौला ड्यामेजको समस्या देखिएको थियो ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ ।

सरकारले कोरोना रोकथामका लागि घोषणा गरेको लकडाउन पनि गएरातिबाट हटाएको छ । उनको पनि गएराति नै मृत्यु भएको छ । लकडाउन हटाएकै दिन एक संक्रमितको मृत्यु भएको हो ।

You might also like

Comments are closed.