Nepal's First Video FM

बारा र पर्सामा थपिए ९ जना कोरोना संक्रमित

187

वीरगञ्ज । बारा र पर्सामा थप ९ जनामा कोरोना भाइरस -कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका र आफ्नै खर्चमा पीसीआर परीक्षण गराएका ९ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मारुती फर्मास्युटिकल्समा दुईजना कर्मचारीमा कोरोना देखिएपछि उनीहरुको कन्ट्याक्टमा रहेका अन्यको पीसीआर परीक्षण गरिएको थियो । जसमध्ये सिम्रौनगढ-८ कचोर्वा घर भई वीरगञ्ज-७ रामटोल बस्दै आएका २९ वर्षीय, पटेर्वासुगौली गाउँपालिका- ५ निचुटा घर भइ वीरगञ्ज-११ रानीघाट बस्दै आएका ५५ वर्षीय र परवानीपुर गाउँपालिका-५ बाराका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

You might also like

Comments are closed.