Nepal's First Video FM

ट्रम्पको निर्वाचन अभियानका व्यवस्थापक मानाफोर्टमाथि घुष लिएको आरोप

772

फाल्गुन १२, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको राष्ट्रपतिको निर्वाचन अभियानका पूर्व व्यवस्थापक पल मानाफोर्टविरूद्ध उक्त चुनावमा भएको भनिएको रसियाली हस्तक्षेपसम्बन्धी अनुसन्धानका विशेष जाँचकर्ता रोबर्ट मलरले नयाँ अभियोग दर्ता गराउनु भएको छ ।

वासिङ्टन संघीय अदालतमा दायर गरिएको उक्त अभियोगमा मानाफोर्टले गोप्य रूपमा हाप्सवर्ग समूहका केही राजनीतिज्ञ अर्थात् कुनै समय रसियासमर्थक युक्रेनी सरकारको पक्षमा वकालत गर्ने वरिष्ठ युरोपेली नेताहरूलाई घुस दिएको आरोप लगाइएको छ ।

मानाफोर्टले ती पूर्व राजनीतिज्ञलाई २५ लाख डलर दिएको पनि उक्त अभियोगपत्रमा जनाइएको छ ।

सन् २०१२–०१३ मा प्रभावमा रहेको उक्त समूहले एक पूर्व यूरोपियन चान्सलरसहित केही सदस्यले अमेरिकी विधायक तथा ह्वाइट हाउसका अधिकारीसँग समेत मिलेर राष्ट्रसङ्घमा वहस चलाएको दावी गरेको थियो । रासस

You might also like

Comments are closed.