Nepal's First Video FM

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिराे हटाउने काम जारी

449

७ साउन , काठमाडाैं । पहिराेले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्डमा अहिले पहिराे हटाउने काम भइरहेकाे छ । मंगलबार राति १६ किलोमा खसेकाे साे पहिराे साँझसम्म हटाउनेगरी काम भइरहेकाे नारायणगढ-मुग्लिन सडक अ‌ायाेजनाले जनाएकाे छ ।

ब्रेकरसहितको एउटा एक्साभेटर र दुई वटा लोडरको प्रयोगले पहिरो फाल्ने क्रम जारी रहेकाे अ‌ायाेजनाले जनाएकाे छ ।

साेमबार बिहान ५ बजे पहिराे गएपछि अवरुद्ध सडक मंगलबार अपराह्न ३६ घण्टापछि एकतर्फी खुलेकाे थियाे । फेरि राति साढे ८ बजे लामोबालुवा पुल नजिकै १६ किलो भन्ने ठाँउमा ठूलो चट्टानसहित ठूलाे पहिराे खसेपछि सडक फेरि अवरुद्ध भएकाे हाे ।

You might also like

Comments are closed.