काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लिने सम्पुर्ण अधिकार विद्यालयलाई नै दिने भएको छ । बोर्डले सो अधिकार सहितको कार्यविधि आज सार्वजनिक गर्दैछ । कार्यविधिमा कक्षा ११ को परीक्षा सञ्चालन र व्यवस्थापन गर्न विद्यालयका प्रधान अध्यापकको संयोजकत्वमा वरिष्ठ शिक्षक र विषय शिक्षक रहेको तीन सदस्यीय समिति गठन गर्ने भएको छ ।
बोर्डले कक्षा १० को परीक्षाका लागि पनि सोही व्यवस्था गरेको थियो । बोर्डले कक्षा ११ को परीक्षाको अनुगमन गर्ने अधिकार आफ्नो मातहतमा राखेको छ । अब कक्षा ११ को परीक्षा लिने र लब्धाङक प्रमाणपत्र दिने अधिकार विद्यालयलाई नै दिइएको बोर्डले जनाएको छ ।
कक्षा ११ को प्रयोगात्मक परीक्षा समेत विद्यालयले नै लिने भएको छ । अब कक्षा १२ को मात्र बोर्डले लिनेछ । यसअघि बोर्डले ट्रान्सक्रिफ्ट बनाउँदा कक्षा ११ र १२ को ग्रेडलाई समेट्ने गरेको थियो ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लिने सम्पुर्ण अधिकार विद्यालयलाई नै दिने भएको छ । बोर्डले सो अधिकार सहितको कार्यविधि आज सार्वजनिक गर्दैछ ।
कार्यविधिमा कक्षा ११ को परीक्षा सञ्चालन र व्यवस्थापन गर्न विद्यालयका प्रधान अध्यापकको संयोजकत्वमा वरिष्ठ शिक्षक र विषय शिक्षक रहेको तीन सदस्यीय समिति गठन गर्ने भएको छ । बोर्डले कक्षा १० को परीक्षाका लागि पनि सोही व्यवस्था गरेको थियो ।
बोर्डले कक्षा ११ को परीक्षाको अनुगमन गर्ने अधिकार आफ्नो मातहतमा राखेको छ । अब कक्षा ११ को परीक्षा लिने र लब्धाङक प्रमाणपत्र दिने अधिकार विद्यालयलाई नै दिइएको बोर्डले जनाएको छ । कक्षा ११ को प्रयोगात्मक परीक्षा समेत विद्यालयले नै लिने भएको छ । अब कक्षा १२ को मात्र बोर्डले लिनेछ । यसअघि बोर्डले ट्रान्सक्रिफ्ट बनाउँदा कक्षा ११ र १२ को ग्रेडलाई समेट्ने गरेको थियो ।
Comments are closed.