Nepal's First Video FM

देउवा सरकारको सिफारिश अनुमोदन नगर्नु असंवैधानिक

661

फाल्गुन १२, नेपाली काँग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधिले देउवा सरकारले मनोनित गरेका राष्ट्रियसभा सदस्यलाई राष्ट्रपतिले अनुमोदन नगर्नु असंवैधानिक कदम भएको टिप्पणी गर्नुभएको छ ।

प्रेस युनियन बैतडीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी देउवा सरकारको भएकाले तीन जना सांसद मनोनित गर्ने जिम्मेवारी पनि सोही सरकारको मात्र भएको जिकिर गर्नुभयो ।

काँगे्रसकै नेतृत्वमा शान्ति सम्झौता, संविधान जारी र तीनवटै तहको निर्वाचन सम्पन्न हुनु देश संघीयतामा जानु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उहाँले भन्नुभयोे, “पार्टीले घाटा व्यहोरे पनि प्राप्त उपलब्धि संस्थागत गर्न सफल भएको छ ।”

समानुपातिकतर्फको मतपरिणामअनुसार काँग्रेस सम्मानजनक स्थानमा आए पनि प्रत्यक्षमा हार व्यहोर्नु निर्वाचनमा समय दिन नसक्नु रहेको उल्लेख गर्दै नेता निधिले पार्टीले स्थानीय तहदेखि नै समीक्षा गर्न थालेको जानकारी दिनुभयो ।

काँग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाको बिकल्प नभएको उहाँको भनाइ थियो ।
–––

You might also like

Comments are closed.