Nepal's First Video FM

नेपालमा कोरोना भाइरसबाट पहिलोपटक विदेशी नागरिकको निधन 

697

साउन ७ , काठमाडौं :  नेपालमा कोरोनाभाइरसबाट पहिलोपटक विदेशी नागरिकको निधन  भएको छ । ४९ वर्षीया चिनियाँ महिलाको आज बिहान निधान  भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।

नेपालमा विदेशी नागरिकको निधन  भएको यो पहिलो पटक हो । यद्यपी स्वास्थ्य मन्त्रालयले यसबारे औपचारिक जानकारी भने दिइसकेको छैन । यसबाहेक हालसम्म नेपालमा कोरोनाबाट ४० जनाको निधन  भइसकेको छ । यस्तै संक्रमितको १७ हजार ९९४ पुगेको छ । ती महिलाको शव व्यवस्थापनको तयारी थालिएको सुरक्षा स्रोतले जनाएको छ । 

हाल पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि प्रभू एयरको हेलिकप्टरमा शुक्रबार काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याइएसँगै धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएकी उनमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ रिफर गरिएको थियो । त्यही उनको उपचारको क्रममा आज बिहान निधन  भएको अस्पताल स्रोतको भनाइ छ ।

You might also like

Comments are closed.