Nepal's First Video FM

आजको राशिफल ! हेर्नुहोस्

835

मिति :- २०७४/११/१३ 

मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक तथा धार्मिक कार्यमा रुची वढ्नेछ । बैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । शिक्षामा सफलता मिल्ला ।

वृष – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लगानीको वातावरण बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ ।

मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक ठाउँमा धन खर्च होला । आफ्नो विचार विपरित निर्णय हुनेछ । कामहरु अधुरै रहलान् ।

कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ ।

सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

कन्या – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कूटनीतिक नियोगको सहयोग मिल्ला । बैदेशिक यात्राको योग छ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।

तुला – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगती हुनेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ ।

वृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु) चुनौतीको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । कष्टकर यात्रा गर्नुपर्ला ।

धनु – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राजनीति अधिकारमा सफलता मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

मकर – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ ।

कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सांगितीक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउला ।

मीन – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनावश्यक धन खर्च हुनेछ । विचार पु¥याएर निर्णय लिनु राम्रो होला । मनमा सङ्का उत्पन्न हुनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल(हाम्रो पात्रो)

You might also like

Comments are closed.