Nepal's First Video FM

नेपाल आइडलबाट आउट भएकी रचना रिमाल ले गाइन मन रूहाउने दोहोरी गीत

1,039

कमल सरगम,काठमाण्डौं-नेपाली लोक दोहोरी क्षेत्रमा पहिल्लो समय एक क्षत्र राज गरिरहेका लोकप्रिय सर्जक हुन खेम सेन्चुरी,जसको लय /शब्द तथा आवाजले दोहोरीमा तहल्का पिटिरहेको छ।त्यसैको कारण पनि हुन सक्छ दैनिक जसो नया नया गीतहरु सांगीतिक बजारमा आइरहेको छ।फेरी पनि नया दोहोरी गीतको साथमा खेम सेन्चुरी बाहिरिएका हुन्। खेम सेन्चुरी र रचना रिमालले आवाज दिएको दोहोरी गीत’नरोउ नरोउ निरमाया’बजारमा आएको हो।

चर्चित मोडल ओबी रायमाझीको आफ्नै युटुब च्यानल मार्फत आएको उक्त गीतमा मन्जु पुरीको निर्माण छ।सुमी पुरी र ओबी रायमाझीले अभिनय गरेको उक्त गीतमा मन्जु पुरीको पनि बिशेष भूमिका देख्न सकिन्छ।खेम सेन्चुरीको लय र नेत्र अर्यालको शब्द रहेको गीतको म्युजिक भिडियो निर्देशन भने क्रान्ति केसीले गरेका हुन्। भिडियो सम्पूर्ण टिमलाई हार्दिक बधाई छ।भिडियो हेरौ :

You might also like

Comments are closed.