Nepal's First Video FM

चर्चित भारतिय अभिनेत्री श्री देवीको निधन

819

फाल्गुन १३ , अभिनेत्री श्री देवीको हृदयघाती दबाबको पीडा पछि , उनको दुबईमा मृत्यु भएको छ । श्रीदेवी, पति बुनी कपूर, र उनको सानो छोरी खुसी दुबईमा एक परिवारको विवाहमा भाग लिनका लागि गएका थिए । उनको मृत्यु हृदयघातको कारण भएको जानकारी प्राप्त भएको छ ।

फिलिमफेयरमा एक रिपोर्ट अनुसार हाल, मुम्बईमा श्रीदेवीको घर पुग्ने मानिसहरुको घुइचो लागेको छ । अभिनेत्री श्री देवी बितेको खबरमा दुख व्यक्त गर्न धेरै कलाकारहरूले ट्विटर मार्फत समबेदना बेक्त गरेका छन् ।

सुन्दरताको साथै अभिनय र नृत्यमा पनि श्रीदेवीलाई विशिष्ट मानिन्थ्यो  रुप कि रानी उपनामले चर्चित श्रीदेवीको निर्माता बोनी कपुरसंग बिबाह गरेर फिल्म क्षेत्रबाट केहि समय टाढा रहेकी उनले  ईंग्लिश भिङ्गलिसबाट २०१२ पुनरागमन गरेकी थिइन्  जुन फिल्मले उनलाई झन् थप उचाई दिनुको साथै अवार्ड पनि प्राप्त गराएको थियो ।

संजय कपूरले एक प्रमुख मनोरञ्जन पोर्टललाई भने, “हो, यो साचो हो कि श्रीदेवी देहान्त भएको छ । म अब दुबईमा उडान गरिरहेको छु। यो लगभग ११:०० -११-३० को आसपास भएको थियो भन्ने मलाई खबर आएको छ । मलाई अझै थप जानकारी छैन। “

You might also like

Comments are closed.