गोरखाको धार्चे गाउँपालिका-७ लापुमा पहिरो जाँदा नौलीखोला थुनिएको छ । पहिरासँगै झरेको ढुङ्गा खोलाको बीचमा बसेकोले खोलाको सबै पानी थुनिएको छ, रातभरी पानी परेकाले खोला बढेको र पहिरो जाने क्रम रोकिएको छैन । पानीको बहाव बढ्दै गएपछि थुनिएको पानी निकास हुन नसक्दा लापुबेसीका करिब ६० घरधुरी उच्च जोखिममा परेका छन्। ताल फुट्ने जोखिमले स्थानीय त्रसित बनेका छन् । खाेलामा पानी थुनिएकोले पैदल यात्रा नगर्न सबैलाई आग्रह गरिएकाे प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलेले बताए । स्थानीय प्रशासनले खोला नजिक बसाेबास गर्ने स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । शनिबार बिहान नेपाली सेना र नेपाल प्रहरीसहितको उद्धार टोली घटनास्थलतर्फ पठाइएको प्रजिअ पौडेलले जानकारी दिए ।
Comments are closed.