Nepal's First Video FM

खसी–बाख्रा चोर्ने दुई जना पक्राउ

326

काठमाडौं । भक्तपुरको सुर्यविनायक स्थित सिरुटारबाट खसी–बाख्रा चोर्ने दुई जनालाई प्रहरीले पक्रेको छ ।

शनिवार बिहान गिता राईको गोठको ताला फोडेर त्यहाँ रहेका ३ वटा खसी र ४ वटा बाख्रा चार्ने दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत ठिमीले जनाएको छ ।पक्राउ पर्नेमा सर्लाही घर भएका २७ वर्षीय सागर तामाङ र रौतहट घर भएका २१ बर्षिय बिजय तामाङ छन् ।

चौपाया चोरेर कलंकीमा रहेको खसी बजारमा बेच्दै गरेको अवस्थामा महानगरीय प्रहरी टोलीले उनीहरुलाई पक्रेको हो ।

You might also like

Comments are closed.