Nepal's First Video FM

कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ५७ लाख ८५ हजार नाघेको ।

284

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ५७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ५७ लाख ८५ हजार ६४१ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ४० हजार १६ पुगेको छ ।

कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

You might also like

Comments are closed.