Nepal's First Video FM

हाम्रो संस्कारमा मोतिबिन्दु लागेको छ कि : स्वास्थ्य मन्त्री ढकाल

448

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रणमा सरकारले सीमित स्रोतसाधनका बाबजुद् पनि सकारात्मक काम गरेको बताएका छन्। वीर अस्पतालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले सरकारले सीमित स्रोतसाधनमा पनि यत्रो काम गर्दा पनि त्यो कसैले नदेखेको भन्दै गुनासो पोखे।

‘हामीले निर्वाह गरेको यो भूमिका विदेशीहरूले देखेका छन्। तर विदेश र स्वदेशमा रहेका नेपालीहरूले यसलाई देख्न सक्दैनन्,’ मन्त्री ढकालले भने, ‘यो सकारात्मक पक्ष नदेख्नुमा हाम्रो संस्कारमा मोतिबिन्दु लागेको छ कि भन्ने मलाई अनुभूति हुन्छ।’

You might also like

Comments are closed.