Nepal's First Video FM

सुनको भाउ तोलाको ९८ हजार नाघ्यो किन सुन बढ़ेको छ ?

267

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य प्रतितोला रू १ हजार २०० बढेर उच्च विन्दुमा पुगेको छ ।

सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू ९७ हजार ५०० मा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला रू ९७ हजार ६० मा कारोबार भइरहेको छ । सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक बढी हो ।त्यस्तै चाँदीको मूल्य पनि तोलामा रू ५५ बढेर प्रतितोला रू १ हजार २१० मा कारोबार भइरहेको छ ।

सोमवार अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। अमेरिका र चीनका बीचको व्यापार सम्बन्ध चिसो बनेसँगै सुनको मूल्य पनि बढ्दै गएको छ । अन्तरराष्ट्रिय बजारमा सोमवार सुनको मूल्य १ प्रतिशतले बढेर प्रतिऔंस १ हजार ९२० दशमलव ९ डलर पुगेको छ।

You might also like

Comments are closed.