कपनस्थित आकाशेधाराको चौरमा केही बालबालिका खेल्दै थिए । सोमबार साँझ करिब ६ बजेतिर खेल्दै गर्दा उनीहरुले एउटा बक्स देखे । छेउको झाडीमा रहेको बक्साभित्र कपडाले शरीर पूरै बेरिएको बच्चा थियो। नजिकैको ‘केयर बाल गृह’ मा बस्ने उनीहरूले बक्स हेर्दा बच्चा देखिपछि उनीहरुले ‘मामु’लाई कल गरेर बोलाए ।

कार्टुनभित्र बच्चा देखेपछि केटाकेटी झुम्मिए। त्यतिन्जेल बालिकासँग गएकी निष्मा बोहोराले ‘मामु’ पुष्पा अधिकारीलाई बोलाइसकेकी थिइन् । पुष्पाले केयर बाल गृहमा १६ बालबालिकाकाे हेरचाह गर्दै आएकी छिन्। उनकाे बालगृहमा १५ बालिका र एक बालक छन् ।
‘नानीहरूले फोन गरेपछि म चाैरमा पुगे’ पुस्पाले भनिन्, ‘अवस्था हेर्दा कसैले पाल्न नसकेर नै यसरी छाडेको हुनुपर्छ भन्ने लाग्यो। मै लगेर पाल्छु भनेर घरमा ल्याएँ।’ उनले बच्ची भेटिएको र आफूले पाल्न लागेको प्रहरीलाई पनि खबर गरेकाे बताइन्।
Comments are closed.