Nepal's First Video FM

प्रहरी टोलीमाथि आक्रमण, तीन प्रहरी घाइते

8

१६ साउन, विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ खोरैया भन्ने स्थानमा बिहीबार राति करिब साढे १० बजे लागूऔषध कारोबारीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि बिहीबार राति आक्रमण भएको छ । लागूऔषध कारोबारीको आक्रमणबाट तीन जना प्रहरी घाइते भएका छन् । लागूऔषध कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा पुगेको प्रहरीमाथि उनीहरुले आक्रमण गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

स्थानीय बलराम ऋषिदेवको घरमा लागूऔषध कोरेक्स र गाँजा स्टोर गरेर बिक्री गर्ने काम भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीमाथि घरेलु हतियारसहित उनीहरुले आक्रमण गरेकाे प्रहरीले जनाएको छ । ‘सादा पोशाकका प्रहरीमाथि आक्रमण गर्दै हतियार खोस्ने प्रयास भएपछि दुई राउण्ड हवाई फायर भएको छ,’ खड्काले भने ‘ तीन जना प्रहरी घाइते भएका छन् ।’

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.