Nepal's First Video FM

सुन प्रकरणमा संलग्न थप एक जना पक्राउ

16

१६ साउन, काठमाडौं । चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने कालिगढ मनिष मल्लिक पक्राउ परेका हुन् । उनी न्यूरोडको सुन पसलमा काम गर्छन् । उनलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बिहीबारै पक्राउ गरेको परिसर स्रोतले अनलाइनखबरलाई बतायो । उनीबाट चाँदीमा सुनको जलप लगाउन निर्देशन दिने व्यक्तिबारे पहिचान खुलेको भनिएको छ । यद्यपि, विस्तृत विवरण प्रहरीले खुलाइसकेको छैन । बरु शुक्रबार दिउँसो चलाइएको अपरेशनमा प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठाबाट एक किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद भएको छ । जसको परीक्षण हुन बाँकी छ ।

दरबारमार्ग प्रहरीका प्रहरी जवान बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठले डीएसपी रञ्जन दाहाललाई गलत सूचना दिएर अभियुक्त भगाउन सघाएका थिए । थप अनुसन्धान महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले गरिरहेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.