Nepal's First Video FM

अफगानिस्तानमा २७ सुरक्षाकर्मी मारिए

617

फाल्गुन १३, अफगानिस्तानमा शनिबार गराइएका छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २७ सुरक्षाकर्मी मारिएका छन् । अधिकारीका अनुसार मारिनेमध्ये अधिकांश सैनिक छन् ।
पश्चिमी प्रान्त फराहको सैनिक पोस्टमा शनिबार तालिवान विद्रोहीले गरेको आक्रमणमा २२ सैनिकको मृत्यु भएको छ । त्यसैगरी राजधानी काबुलमा गरिएको आत्मघाती हमलामा ३ सुरक्षाकर्मीको मृत्यु भएको छ । हेल्मन्ड प्रान्तको दक्षिणी क्षेत्रमा गरिएको अर्को आक्रमणमा दुई सैनिक मारिएको प्रहरीले जनाएको छ । घटनामा एक महिला र बालक घाइते भएका छन् । सबै घटनाको इस्लामिक स्टेटले जिम्मेवारी लिएको बीबीसीले जनाएको छ । इकान्तिपुर

You might also like

Comments are closed.