Nepal's First Video FM

मलेसियामा नेपाली कामदार कुटिए, कुट्ने को हुन ?

2,326

१६ साउन, काठमाडौं । मलेसियाको राजधानी क्वालालम्पुरमा एक नेपाली कामदारमाथि आफ्नै सुपरभाइजरले निर्घात कुटिरहेको दृश्य भाइरल बनेसँगै यसबारे चौतर्फी चासो उठ्न थालेको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त भिडिओमा देखिए अनुसार सन्तोष सापकोटा नामका कामदारलाई सुपरभाइजरले लठ्ठीले प्रहार गरिरहेका छन् । तर सन्तोषले प्रतिकार गर्न सकिरहेका छैनन् ।

उनी सुरक्षागार्ड भएको पनि भिडिओबाट चिनिन्छ । घटनासँगै उनले दूतावासमा उजुरी दिएका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.