Nepal's First Video FM

CTEVT राष्ट्रिय कर्मचारी संगठनको केन्द्रिय समितिको बैठक सम्पन्न

133

CTEVT राष्ट्रिय कर्मचारी संगठनको केन्द्रिय समितिको तेर्स्रो पुर्ण बैठक ( भौतिक उपस्थिति तथा अलाइन ) बाट आज सम्पन्न भयो ।बैठकको अध्यक्षता संगठनका अध्यक्ष तेज बहादुर खत्रीले गर्नुभयेको थियो। बैठकले तपशिलका निर्णय गरेको सम्पूर्ण सरोकारवालामा जानकारी गराउन्छ ।

१) संगठनको सुदृढीकरण तथा बिस्तारमा महत्वपूर्ण (आन्तरिक) क्रियाकलाप सन्चालन गर्ने ।
२) संगठनको रिक्त उपाध्यक्षहरुमा नारायण आचार्य (इटहरी ), बिकल शेरचन (मुस्ताङ) र केन्द्रिय सदस्यमा शारदा चौधरी (दाङ) लाई मनोनयन गर्ने
३) देशको वर्तमान आवस्यकता/ बिस्तार अनुसार परिषद कार्यलय/ दरबन्दीको पुनर्संरचना गरि सबै सरोकारवालाको अपनत्व रहने मापदण्डको आधारमा कर्मचारी व्यवस्थापन गर्न परिषद व्यवस्थापनलाई आग्रह गर्ने
४) शिक्षा मन्त्रालयले प्रस्ताव गरेको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमसग सम्बन्धित ऐनले देशको आवश्यकता र राष्ट्रले लिएको लक्ष्य प्राप्त गर्न नसक्ने भएकोले नेपालका TVET क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको सल्लाह , सुझाव समेटिएको देशको आवश्यकतालाई दिशानिर्देश गर्न सक्ने ऐनको लागि सम्बन्धित पक्षमा पहल गर्ने संगठनका केन्द्रिय उपाध्यक्ष तथा बाग्मती प्रदेश सम्योजक बिजेश बस्नेत ले जानकारी गराउनु भयो।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.