जिल्ला प्रशासन कार्यालय धादिङले अन्तरजिल्लामा हुने सवारी पासलाई बन्द गरेको छ।
शुक्रबार सूचना जारी गर्दै काठमाडौं लगायत अन्तरजिल्लामा प्रशासनबाट जारी हुने गरेको पास हाललाई बन्द गर्ने निर्णय गरेको हो।
विभिन्न जिल्लाबाट नागढुङ्गा हुँदै काठमाडौँ प्रवेश गर्नेमध्ये धेरैमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेकाले हाललाई पास बन्द गरेको सूचनामा उल्लेख गरिएको छ।
Comments are closed.