शनिबार कोरोनाभाइरसका तीन सय १५ जना संक्रमित थपिएका छन्।देशभरका प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विगत २४ घण्टामा ६ हजार ९ सय ९३ जनामा पिसिआर परीक्षण गरिएको जानकारी दिए।अब संक्रमितको कूल संख्या २० हजार ८६ पुगेको छ।
कोरोनाबाट नेपालमा शनिबारसम्म ५६ जनाको मृत्यु भइसकेको छ।
Comments are closed.