जिल्ला प्रशासन कार्यालय पर्साले सोमबारदेखि जिल्लाभर लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्लामा पछिल्लो समय कोरोना भाइस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको र नयाँ संक्रमित थपिने क्रम निरन्तर बढिरहेकाले निषेधाज्ञा जारी गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । पर्सामा कोरोनाको जोखिम झनै बढेका कारण अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको उनले बताए ।
जिल्ला सुरक्षा समितिको शनिबारको बैठकको निर्णयअनुसार सोमबार बिहान ५ बजेदेखि लागू हुने गरी जिल्लाभर अर्को सूचना जारी नहुञ्जेलसम्म निषेधाज्ञा जारी भएको बस्नेतले बताए । निषेधाज्ञा अवधिभर औषधोपचार र अतिआवश्यक कामबाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर ननिस्कन आग्रह गरिएको उनले बताए ।
Comments are closed.