१८ साउन, काठमाडौं । पहिलो पटक नेपालमा कोभिड-१९ संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा ६५ वर्षीय संक्रमितलाई प्लाज्माथेरापी विधिबाट उपचार गरिएको हो । उनलाई २६ वर्षीय युवकले प्लाज्मा दिएका हुन् ।
कोभिड—१९ व्यवस्थापन संयोजक प्रा.डा. सन्तकुमार दासका अनुसार सुरूमा एण्टीभाइरल रेम्डिसिभिर चलाइएको थियो । त्यसले पनि स्वास्थ्यमा सुधार नआएपछि प्लाज्माथेरापी गरिएको हो । उनलाई अब आईसीयूबाट निकाल्ने तयारी भइरहेको छ । ‘सुरुमा संक्रमितलाई ९० प्रतिशत अक्सिजन दिनु परेको थियो’ डा. दासले भने ‘प्लाज्मा थेरापीपछि २४ प्रतिशत मात्र अक्सिजन दिनुपरेको छ।’
Comments are closed.