Nepal's First Video FM

आज जनै पूर्णिमा सबै लाई शुभकामना ।

462

१९ साउन, आज जनै पूर्णिमा अर्थात रक्षाबन्धन मुलुकभरि मनाईदैछ। आजको दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्छन्। यसका लागि हिजैदेखि एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ। यसरी व्रत बसेका ले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमातृका लगाएर स्नान गर्छन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ।

तराईमा आजका दिन दिदीबहिनीले आफ्ना दाजुभाइहरुका नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक राखी बाँधिदिने चलन पनि छ।नेवार समुदायले यस पर्वलाई ‘गुन्हु पुन्ही’ भनी मास, भट्मास, मुँग, ठूलो केराउ, सानो केराउ, चना, सिमी, गुसर र बोडी गरी नौ प्रकारको गेडागुडी मिसाई पकाएको क्वाँटी खाने चलन छ।

क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि तापको सञ्चार गर्छ भन्ने मान्यता छ।

जनै पूर्णिमाका दिन बाँधिएको धागोलाई तिहारमा लक्ष्मीपूजाको दिनमा फुकालेर गाईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ।

You might also like

Comments are closed.