Nepal's First Video FM

काठमाडौंमा सरकारको आग्रह ६० वर्ष माथि र १२ वर्ष मुनिकाहरू घरबाहिर ननिस्कनु

399

सरकारले काठमाडौं उपत्यका र घना वस्ती भएका ठाउँहरूमा ६० वर्ष माथिका जेष्ठ नागरिक र १२ वर्ष मुनिका बालबालिकालाई घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यी उमेर समूहका व्यक्ति संक्रमणको जोखिमा रहेको इंगित गर्दै घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले थप सतर्कता अपनाउन आग्रह गरेको छ।

साथै संक्रमणको उच्च जोखिममा बुढाबुढी र बालबालिका रहेको भन्दै मन्त्रालयले पनि पटकपटक यस्ता समूहका व्यक्तिहरुको विशेष ख्याल गर्नुपर्ने बताउँदै आएको छ।

You might also like

Comments are closed.