बेरुत — मंगलबार साँझ लेबनानको बेरुतमा भएको शक्तिशाली विस्फोटमा दर्जनौंको मृत्यु भएको र हजारौं घाइते भएको अधिकारीहरुले जनाएका छन् । मंगलबार साँझ भएका दुई वटा शक्तिशाली विस्फोटमा कम्तीमा ७८ जनाको मृत्यु भएको छ भने करिब ४ हजार जना घाइते भएका छन् ।

लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबारदेखि ३ दिन राष्ट्रिय शोकको घोषणा गरेका छन् ।लेबनानी अधिकारीहरुले अनुसार एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण विस्फोट भएको दाबी गरेका छन्।
सन् २०१४ देखि एउटा गोदाममा विस्फोटक पदार्थ एमोनियम नाइट्रेट राखिएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार गोदामको वरिपरि रहेका सबै भवनहरु ध्वस्त भएका छन् । विस्फोटको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको बीबीसीले जनाएको छ ।लेबनान सरकारले राहत र उद्धारका लागि तत्काल एक सय अर्ब लिरा(करिब ८ अर्ब नेपाली रुपैयाँ) को प्याकेज घोषणा गर्ने बताएको छ ।
Comments are closed.