Nepal's First Video FM

धेरै कर्मचारीहरुले रोजगारी गुमाए सबैभन्दा धेरै होटल क्षेत्रका

363

कोरोना स.क्रमण फैलन नदिन गरिएको लकडाउन पछि २२.५ प्रतिशत कर्मचारीहरुले रोजगारी गुमाएको अध्ययनले देखाएको छ । कोभिड पछिको असरबारे गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दैै नेपाल राष्ट्र बैंकले उद्योग/व्यवसायहरुले २२.५ प्रतिशत कर्मचारी÷कामदार कटौती गरेको जानकारी दिएको हो ।

अध्ययन प्रतिवेदनका अनुसार कटौती भएका मध्ये अस्थायी/करारका कामदार दुई तिहाइभन्दा धेरैरहेका छन् ।

होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी÷कामदार कटौती गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनका अनुसार अवधिमा घरेलु उद्योग र लघु उद्यम/साना खुद्रा व्यापारहरुले अन्यको तुलनामा धेरै कर्मचारी÷कामदार कटौती गरेको पाइएको छ ।

र अझै पनि नाजुक बन्दैगएको छ ब्यबसाहिहरु कसरि आफ्नो ब्यवासाही चलाउने भनेर पुर्पुरोमा हात राख्नु बाहेक केहि विकल्प नरहेको बताउछन् |

You might also like

Comments are closed.