Nepal's First Video FM

इन्द्रेणी कि टिका सानुको यो हालत कसरी भयो?हेर्नुहोस तीज गीत मा

1,323

कमल सरगम-काठमान्डौ:पछिल्लो समय लाइभ दोहोरीबाट एकाएक चर्चामा आएका जोडी चर्चित गायक अमृत सापकोटा र गायिका टिका सानुको आवाज रहेको तिज गीत “चेलिको बेदना’बजारमा आएको छ। गौतम पोख्रेलको शब्द शृजना रहेको उक्त गीतमा गायक तथा सर्जक अमित बाबु रोकायको लय रागेको छ।

चर्चित मोडल धुर्ब हिमालीको निर्देशन समेत रहेको गीतमा अभिनय पनि धुर्व हिमाली र टिका सानुको रहेको छ ।नारीलाई पुरुष बाट हुने पछिल्लो समयको अपहेलना र नारी माथिको घरेलु हिंसामा जोडिएर उक्त गीतको निर्माण गरिएको छ।श्रीमानबाट कुटाइ खादाको पीडालाई गीतमा बिशेष जोडिएको छ भने दर्दनाक कहानी पनि उक्त गीतमा देखिन सकिन्छ।

टिकाको हरेक प्रस्तुति यो समय दर्शक श्रोतको मन मुटुमा बस्न सफल भएको छ भने यता अमृत सापकोटाले गाएको पनि गीत आधि कपालले करोडौको मन जिते संगै गीत संगीतको चर्चा जताततै हुन थालेको छ।अमृतको माग बढे संगै उनको दैनिक जसो गीत रेकर्ड हुने गरेको छ ।

यस बर्षको तीजमा भने टिका सानुले निकै गीत गाएकि छिन।आफ्नै गीत पनि निर्माण गरेकी टिकाले अन्य कलाकारको पनि १५ ओटा भन्दा बढी गीतमा आवाज भरेकी छिन भने कतिपय गीतमा त आफै अभिनयबाट पनि देखिएकी छिन। भिडियो कस्तो बन्यो हेर्नुहोला :

You might also like

Comments are closed.