Nepal's First Video FM

विस्फोट भएपछि लेबनानमा खाद्य सङ्कट आउन सक्ने

463

राजधानी बेरुतमा भएको विस्फोटमा खाद्यान्न नष्ट भएपछि खाद्य सङ्कट आउनसक्ने देखिएको छ ।

विस्फोट हुँदा मुख्य खाद्य भण्डार पनि नष्ट भएपछि समस्यामा परेको त्यहाँको वित्त मन्त्री राउल नेहेले बताउनुभएको हो । उहाँकाअनुसार अब लेबनानमा एक महिनाभन्दा पनि कम समयको लागि मात्रै पुग्ने अन्न मौज्दात छ ।

तर पिठो पर्याप्त रहेकाले आत्तिनुपर्ने अवस्था नभएको उहाँको भनाइ छ । विस्फोट अगाडि नै आर्थिक सङ्कटमा परेको लेबनानमा अन्न आयातको लागि खर्च नभएको पनि मन्त्री नेहेले बताउनुभयो ।

लेबनानले खाद्य सामग्री आयात गरेर बन्दरगाहमा भण्डारण गर्ने गरेको थियो । त्यही अन्न नष्ट भएको हो । विस्फोटमा परि ज्यान गुमाउनेको सङ्ख्या १ सय ३५ पुगेको छ ।

घाइते ४ हजारभन्दा बढीलाई विभिन्न अस्पताल लगिएको छ । बेरुतमा मंगलबार विस्फोट भएको थियो ।

अहिले पनि भवनभित्र १०० जनाभन्दा बढी फसेका र उनीहरुको खोजी कार्य जारी रहेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

You might also like

Comments are closed.