काठमाडौँ — सुनको मूल्य हरेक दिन उकालो लागिरहेको छ । बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख २ हजार ५ सय रुपैयाँ पुगेको छ । बुधबारको तुलनमा नेपाली बजारमा सुनको भाउ एक हजार एक सय रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारम सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि भाउ बढेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष एवं महासंघअन्तर्गतका मूल्य निर्धारण समिति संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।
बिहीबार नेपाली बजारमा तेजाबी सुनको भाउ एक लाख २ हजार रहेको छ । चाँदीको पनि भाउ बढेर प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँ पुगेको छ ।चाँदीको पनि भाउ बढेर प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँ पुगेको छ
सुनको भाउ बढे पनि नेपाली बजारमा माग भने सुस्त छ । भाउ बढेकै कारण बजार सुनसान भएको व्यवसायी बताउँछन् ।
Comments are closed.