Nepal's First Video FM

समिक्षा अधिकारीले गाएको पहिलो दोहोरी गीतनै एक करोडले हेरेपछि नरेश मख्खै,यस्तो बन्यो माया मारेर भाग २(भिडियो कुराकानी)

894

लोक गायक नरेश खाती र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘माया मारेर’ करोड क्लबमा प्रबेस भए संगै एकसाथ मिडियामा आएका छन। सार्बजनिक भएको दुई महिना अर्थात ६० दिन हुँदैगर्दा उक्त गीतको म्युजिक भिडियो हेर्नेको संख्या १ करोड ४५ हजार नाघेको हो ।

म्युजिक भिडियो युट्युबमा मात्र नभई सामाजिक सञ्जाल र टिकटकमा पनि निकै लोकप्रिय बनेको छ । पछिल्लो समय धेरै कलाकार तथा आम नागरिकले उक्त गीतमा टिकटक बनाएका छन् ।

माया र प्रेममा परेपछि छुट्न कति कठिन हुन्छ भन्ने सन्दर्भलाई उत्कृष्ट तरिकाले प्रस्तुत गर्न खोजिएको गीतको म्युजिक भिडियोको निर्देशन पनि गायक खातीले नै गरेका छन् । म्युजिक भिडियोमा कमल ढुंगाना, रुपेश आले मगर, जेम थापा, बलबहादुर, नरेश खाती र समीक्षा अधिकारीलाई देख्न सकिन्छ।माया मारेर भाग २ कस्तो बनेको छ त?हेरौ यो बिशेष कुराकानी समिक्षा र नरेश संग कमल सरगमको साथमा

You might also like

Comments are closed.