Nepal's First Video FM

काठमाडौं उपत्यकामा १०६ सहित ४६४ जनामा कोरोना संक्रमण पुष्टि

462

साउन २३ गते । कोरोना भाइरसका ४६४ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २२ हजार २१४ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे दैनिक प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार ९२६ जनाको स्वाब परीक्षण गरिएको छ । हाल दश हजार २०७ जना क्वारेन्टिनमा छन् । नेपालमा अहिले सक्रिय सङ्क्रमित सङ्ख्या छ हजार ३३० रहेका छन् ।

You might also like

Comments are closed.