काठमाडौं, २३ साउन । ठगीको आरोपमा प्रहरी नियन्त्रणमा परेका अर्जुन क्षत्री (ज्योतिष)सहित ४ जना पूर्पक्षका लागि जेल चलान भएका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार जिल्ला अदालत, काठमाडौंको आदेशले आफूलाई ज्योतिष बताउने क्षत्रीसँगै, जगदिश खड्का, राजेन्द्र कुमार श्रेष्ठ र शम्भु कुमार रेग्मीलाई पूर्पक्षको लागि जेल चलान भएका हुन् ।
ज्योतिष क्षत्रीसँगै प्रहरी नियन्त्रणमा परेका राजेश गुरुङ, शंकर खड्का, श्याम सिंह थापा र विजय रावल जनही एक/एक लाख र विवेक देवकोटा ५० हजार धरौटीमा रिहा भएका पनि जानकारी गराइएको छ ।
गैर कानूनी लाभ लिएको आरोपमा गत असार २६ गते क्षत्रीसहित नौ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको थियो ।
Comments are closed.