- सार्वजनिक यातायातमा जो–कोही यात्रा गर्न सक्छन् । हरबखत त्यतीका यात्रु कोचेर चलाइने सार्वजनिक यातायातमा कुनै न कुनै बेला संक्रमित व्यक्ति चढेका हुनसक्छन् । वा संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्ति चढेका हुनसक्छन् ।
- एकअर्कामा टाँसिएर बस्नुपर्ने, बोल्नुपर्ने भएकाले अर्को व्यक्तिमा संक्रमण भए आसपासका अधिकांशमा भाइरस सर्ने जोखिम हुन्छ ।
- संक्रमितले बसेको सिट, समाएको ढोका अन्य यात्रुले पनि प्रयोग गर्न र छुने भएकाले भाइरस सर्न सक्छ ।
- सहचालकले पूर्णत सुरक्षा नअपनाएका कारण उनमा संक्रमणको भय बढी हुन्छ र उनीसँग बोल्नुपर्ने, पैसा लेनदेन गर्नुपर्ने यात्रु पनि सुरक्षित रहन सक्दैनन् ।
- अधिकांश यात्रुले स्तरिय मास्क लगाएका छैनन् । सुरक्षित ढंगले लगाएका छैनन् । कमसल मास्क, त्यो पनि खेलाची ढंगले लगाएका छन् । कतिपयले मास्क नै लगाएका छैनन् ।
- स्वास्थ्य विज्ञहरु चेतावनी दिइरहेका छन्, भिडभाड, सार्वजनिक स्थलबाट कोरोना सर्न सक्छ । कोरोना फैलिएमा त्यसको नियन्त्रणमा हाम्रो ल्याकतले भ्याउने छैन । भोलि यसको संक्रमण अरु बढ्दै गए अस्पतालको क्षमताले भ्याउने छैन । त्यसमाथि कोरोनाको लागि कुनै निश्चित उपचार र औषधि तयार भएकै छैन ।
- तर, सार्वजनिक यातायातका स्टाफ, यात्रा गर्ने यात्रुहरु सुरक्षाका सामान्य विधी समेत पालना गरिरहेका छैनन् । यसबाट के निश्चित हुन्छ भने, सार्वजनिक यातायातले कोरोना भाइरसको जोखिम अरु तिब्र रुपमा बढाउने छ ।
- कोरोनाबाट बच्नका लागि अहिले एउटै मात्र उपाय भनेको भौतिक दूरी कायम राख्नु, सही स्तरको मास्क सही ढंगले लगाउनु, सरसफाईमा ख्याल राख्नु । तर, सार्वजनिक यातायातमा यी तीन वटा कुरा नै पालना भएको छैन ।
- खासगरी काठमाडौंका गाडीमा जोर बिजोर प्रणाली लागु गरिएको छ । यसले गाडीको संख्या त घटाएको छ, तर यात्रुको चाप बढाएको छ । सार्वजनिक यातायातमा यात्रु खचाखच छन् । कुनै सुरक्षाको विधी पालना गरिएको छैन । जबकी यस्तो भद्रगोल स्थितिमा पनि सम्बन्धित निकाय मौन धारण गरेर बसेको छ ।
Prev Post
You might also like
Comments are closed.