Nepal's First Video FM

करिब १० अर्ब आर्थिक भार थपियो, सामाजिक सुरक्षा भत्ता दर (सूचिसहित)

866

माघ ११ , राष्ट्रिय पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ताको समय घटाउने सरकारको निर्णयले राष्ट्रिय ढुकुटीमा पहिलो वर्ष नै करिब १० अर्ब भार थपिने जनाएको छ । ६५ देखि ७० वर्ष उमेर समूहमा करिब ३ लाख जनसंख्या रहेको विभागको अनुमान छ ।

अाजकाे नयाँपत्रिकामा खबर छ- विभागका अनुसार अहिले ७० वर्ष उमेर पुगेर वृद्धभत्ताका लागि योग्य नागरिकको संख्या करिब नौ लाख छ । उनीहरूले सरकारबाट नियमित रूपमा मासिक दुई हजार वृद्धभत्ता लिने गरेका छन् ।

विभिन्न शीर्षकमा राज्यबाट सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या करिब २३ लाख छ । विभागका अनुसार चालू आर्थिक वर्षका लागि सबै शीर्षकका सामाजिक सुरक्षा भत्ताका लागि ३६ अर्ब छुट्याइएकोमा कम्तीमा चार अर्ब नपुग्ने भएको छ । सरकारको नयाँ निर्णयसँगै सामाजिक सुरक्षा भत्ता पाउनेको संख्यामा वृद्धि हुने र करिब १० अर्ब थप भार पर्ने विभागले जनाएको छ ।

हालको सामाजिक सुरक्षाको किसिम भत्ता दर (रु.)
ज्येष्ठ नागरिक (दलित) १०००
ज्येष्ठ नागरिक (अन्य) १०००
ज्येष्ठ नागरिक (कर्णाली ६० वर्ष) १०००
एकल महिला (६० वर्ष) १०००
विधवा (सबै उमेर समूह) १०००
पूर्ण अशक्त अपांग २०००
अति अशक्त अपांग ६००
लोपोन्मुख आदिवासी जनजाति २०००
पाँच वर्षमुनिका बालबालिका (कर्णाली र दलित) ४००
ज्येष्ठ नागरिक औषधि उपचार (७० वर्ष पुगेका) १०००

You might also like

Comments are closed.