Nepal's First Video FM

विद्युत प्राधिकरणका कर्मचारीको कोरोनाबाट मृत्यु

628

सोमबार कोशी अस्पताल हुँदै कोभिड– १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । सोमबार भर्ना भएका पुरुषको बुधबार बेलुका ४ बजे मृत्यु भएको कोभिड १९ उपचार केन्द्र विराटनगर प्रमुख डा. दीपक सिग्देलले बताए ।

मधुमेह तथा उच्च रक्तचापको बिरामी रहेका उनलाई कोरोना संक्रमण देखिएपछि श्वासप्रश्वासमा समस्या थियो । बुधबार बिहानसम्म उनको अवस्था सामान्य थियो । तर दिउँसो अवस्था गम्भीर बनेको थियो

विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु भएसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । वडा नम्बर ९ मा २ जना, वडा नम्बर ५ र १० का १/१ जनाको यसअघि नै मृत्यु भइसकेको थियो ।

विराटनगरमा कोरोना संक्रमितको संख्या ३ सय ५५ पुगेको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । उनका अनुसार बुधबार मात्र १३ जनामा संक्रमण पुष्टि भएको थियो ।

 

You might also like

Comments are closed.