विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रुसले विकसित गरेको भ्याक्सिनको मूल्यांकन गर्न यसबारे केही जानकारी नभएको बताएको छ । विश्व स्वास्थ्य संगठनअन्तर्गत पर्ने पेन–अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाले भने, ‘रुसले भ्याक्सिन बनाउन सुरु गर्नेछ भन्ने सुनेको छु । तर जबसम्म थप ट्रायल पूरा हुँदैन तबसम्म यस्तो गर्न हुँदैन ।’
गत हप्ता विश्व स्वास्थ्य संगठनले रुसलाई कोरोनाविरुद्धको भ्याक्सिन बनाउनका लागि अन्तर्राष्ट्रिय दिशानिर्देशको पालना गर्न आग्रह गरेको थियो ।
Comments are closed.