Nepal's First Video FM

दीपक भन्छन्– क्यामेरा र पत्रकार देख्दा कलाकार डराउने दिन आउला

522

कलाकार दीपकराज गिरीले पछिल्लो समय अन्तरवार्ताहरुबाट सचेत हुनुपर्ने समय आएको बताएका छन् । अन्तरवार्ता दिइसकेपछि को कति बेला भाइरल हुने हो भन्ने निश्चित नरहेको भन्दै अन्तरर्वार्ता दिन नै डराउनु पर्ने समय आएको बताएका छन् ।

“हरेक दिन कोरोना भाइरसको डर फैलिरहेसँगै एक चलचित्रकर्मीको हिसाबले आज कुन सहकर्मी भाइरल हुने हो भन्ने डरले मुटु झस्किरहन्छ आजकल,” दीपक सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “हिजोको दिनमा कुनै च्यानलमा अन्तरवार्ता दिएर आउँदा मनै गदगद हुनथ्यो, टोल, छिमेकी, ससुराली सबैतिर आफैं हल्ला गरिन्थ्यो । उत्साहित हुँदै टिभी अगाडि बसिन्थ्यो र अन्तरवार्ता हेरिन्थ्यो । तर आजकल समय फेरियो, हामी फेरियौं, सबै फेरियो । आजकल अन्तरवार्ताका लागि फोन आउँदा पनि अपराध अनुसन्धान कार्यालयबाट फोन आको जस्तो लाग्न थाल्यो । त्यसैले सकेसम्म फोनै उठाइन्न र उठाइहाले पनि व्यस्त छु पछि गरौला नि है ? भनेर टारिन्छ ।”

तर सबैलाइ ब्यस्त छु भनेर टार्न नसकिन्ने भन्दै उनी अगाडि लेख्छन्, “अनि अन्तरवार्ता दिन त जानै पर्यो । जानै परेपछि सबैभन्दा पहिला सामान्य ज्ञान पल्टाएर राष्ट्रिय गानका रचयिता को हुन्, नेपालको सबैभन्दा सानो जिल्ला कुन हो ? ७५ जिल्ला पछि थपिएका २ जिल्ला कुन हो, ७ प्रदेश प्रमुख र सञ्चारमन्त्री को हो भनेर पढ्न थालिन्छ । अन्तरवार्ता दिमागमा राखेरै सुतिन्छ । आफ्नै राष्ट्रिय गानको रचनाकार था नपाउने यस्ता पनि सेलिब्रिटी भन्ने आवाज रातभर कानमा गुन्जिरहन्छ राम्रोसँग निन्द्रा पनि पर्दैन । भोलिपल्ट स्टुडियो गइन्छ । नमस्कार आदान प्रदान हुन्छ । सबैभन्दा पहिला आँखा क्यामेरातिर जान्छ । आफूलाइ त्यो क्यामेरा होइन बन्दूक जस्तो लाग्न थाल्छ । मानौ रिपोर्टिङ गर्नेको हात पनि माइक होइन ट्रिगरमा छ । सशंकित र पसिना पसिना हुँदै सकिन्छ अन्तरवार्ता । एक प्रकारको युद्द जिते झै लाग्छ ।”
अन्तरवार्ता प्रसारण हुने दिन बिहान देखि नै डर लाग्ने गरेको उनी व्यङ्य गर्छन् । पहिलापहिला एकैपटक हेर्ने अन्तरवार्ता अहिले कसैलाई नभनी सुटुक्क कोठामा गएर दोहोर्याइ, तेहेर्याइ हेरेर मात्रै अरुसँग बसेर हेर्नु पर्ने अवस्था रहेको दीपक बताउँछन् ।

“टिकटक चेक गरिरहन मन लाग्छ, केही भाइरल पो भइसक्यो कि त्यो दिन काममा ध्यानै जाँदैन, खाली ध्यान फोनमा मात्रै  जान्छ । चौबीस घन्टा आँखा अन्तरवार्ताको कमेन्टहरूमा जान्छ । ससुराको फोन आउँदा पनि झसङ्ग झस्किन्छ । के हो ज्वाईं साहेब के तोरिलाउरे अन्तरवार्ता दिएको त्यस्तो ? गाली गर्लान कि भन्ने डरले मुटु धडकिरहन्छ,” दीपक लेख्छन्, “यो माथिको स्थिती एक व्यङ्ग्य मात्रै नभई भोलिको बास्तविकता हो जस्तो लाग्न थालेको छ । भाइरल गर्ने गराउने चक्करमा राम्रो अन्तरवार्ता नहेरिने, बिग्रिएको भत्किएको, चिप्लिएको समाचार र यसका हेडलाइन बिक्री हुन थाल्यो ।”

यो एकप्रकारको इन्टेलेक्चिुअल क्राइम भएको र यो क्रम बढ्न थालेको उनले बताएका छन् । महानायकको विवाद, सामान्य ज्ञान नजान्दा पूजा शर्मा ट्रोल बनेको प्रसंग र पूजा शर्माको बौद्धिकता र शारीरिक बनावटप्रतिको टिप्पणीलाई लक्षित गर्दै दीपक जे बिक्छ त्यही बेचौं भन्ने मानसिकता हाबी हुँदा यी  घटनाक्रमहरूको जन्म भएको बताउँछन् ।

यस्तै घटनाक्रम चलिरहे यसबाट घाटा कलाकार र राम्रा पत्रकारलाई हुने उनी बताउँछन् । कलाकारले क्यामेरा र पत्रकार देख्दा तर्सिने अवस्था आउन सक्ने दीपक बताउँछन् ।

पत्रकारले कलाकारको राम्रो अन्तरवार्ताका लागि पनि दुःख पाउनु पर्ने अवस्था आउनसक्ने भन्दै दीपक अगाडि लेख्छन्, “पहिला पहिला पत्रकार साथिहरूले कलाकारले बोलेको नराम्रो लाग्ने कुरा आफैले काटिदिन्थे ।

You might also like

Comments are closed.