Nepal's First Video FM

भीषण पहिरोले २१ घरमा रहेका सबै मानिस पुरिएका

1,027

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा शुक्रबार बिहान साढे ६ बजे गएको भीषण पहिरोले कम्तीमा २१ घर पुरेको छ । वडाध्यक्ष प्रताप लामाले दिएको जानकारीअनुसार २१ घरमा रहेका सबै मानिस पुरिएका छन् ।

पहिरो गाउँको बीच भागबाट गएकाले कति घर पुरिएका हुन् भन्ने अझै एकिन हुन सकेकाे छैन । पहिरोले पुरिने घरकाे संख्या बढ्न सक्ने  र ठूलाे जनधनकाे क्षति भएकाे हुनसक्ने वडाध्यक्ष लामाले बताए ।

जिल्लाको सबैभन्दा विकट वडा भएकोले हेलिकोप्टरबाट उद्धार टोली जाने तयारी भइरहेको छ । जनप्रतिनिधि गाउँमै भएपनि हिंडेर लिदि पुग्न पूरा एक दिन लाग्छ । घटनाकाे थप विवरण आउन बाँकी छ ।

You might also like

Comments are closed.