Nepal's First Video FM

पहिरोमा परेका ११ जनाको शव भेटिएको छ भने २७ जना अझै बेपत्ता

482

सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदी-२ मा पहिरोमा परेर हराइरहेका थप दुई जनाको शव भेटिएको छ ।

अहिले उनीहरुको शव निकाल्ने काम भइरहेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अझै पनि २६ जना हराइरहेका छन् ।

हिजो बिहान खसेको पहिरोले ३७ वटा घरमा नोक्सानी पुर्याएको र त्यसमध्ये १३ वटा घर पूरै भत्किँदा हराएकामध्ये ११ जनाको शव हिजो भेटिएको थियो । शव भेटिएकाहरुको सामूहिक अन्त्येष्टि गर्ने तयारी भएको पनि उहाँले बताउनुभयो ।

घाइते ५ जनाको भने सदरमुकाम चौतारामा उपचार भैरहेको छ । हराइरहेकाहरुको खोजीको लागि स्काभेटर लैजाने तयारी भएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । पहिरोबाट सय धुरीभन्दा धेरै परिवार विस्थापित भएका छन् ।

विस्थापित भएकाहरुले त्रिपालमुनि बसेर रात काटेका छन् । यसैबीच पहिरो प्रभावित सिन्धुपाल्चोकको लिदीमा आज हल्का पानी परिरहने भएकाले हराइरहेकाहरुको खोजीमा समस्या हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आज पहिरो प्रभावित क्षेत्रमा ठूलो पानी नपरे पनि हल्कादेखि मध्यम खालको पानी पर्दै रोकिँदै पर्ने क्रम चलिरहनेछ । त्यहाँ राति पनि पानी परेको उहाँले जानकारी दिनुभयो ।

You might also like

Comments are closed.