काठमाडौं । अभिनेत्री मनिषा कोइरालाको आज जन्मदिन परेको छ । १९७० अगस्ट १६मा काठमाडौंमा जन्मिएकी मनिषाले आज ५० औं जन्मदिन मनाउँदैछिन् ।
मनिषा कोइराला लाई ५० औं जन्मदिनको शुभकामना छ ।
नेपाली र बलिउड दुबै फिल्ममा अभिनय गरेकी मनिषा अभिनयको माध्यमबाट करोडौँ मानिसको ढुकढुकी समेत बन्न सफल छिन् ।नेपालको राजनीतिक घरानामा जन्मिएकी मनिषाको सानोमा डाक्टर बन्ने सपना पनि थियो । तर करियरका लागि भने उनले मोडलिङ र फिल्म अभिनय रोजिन् । सन् १९८९ मा नेपाली फिल्म ‘फेरी भेटौँला’ अभिनय गरेपछि बलिउड प्रवेश गरेकी उनले बलिउड ‘सौदागर’बाट डेब्यु गरेकी हुन् । उनले बलिउडमा लामै समय राज गरिन् ।
करिब २३ वर्ष फिल्मी क्षेत्रमा क्रियाशील मनिषा पाठेघर क्यान्सरको कारण झण्डै पाँच वर्ष अभिनयबाट टाढा रहिन् । क्यान्सर रोगलाई जितेर सन् २०१७ देखि पुनः फिल्मी क्षेत्रमै सक्रिय बनेकी मनिषाले अभिनय गरेको हिन्दी फिल्म ‘सञ्जु’ बलिउड बक्स अफिसमा ब्लक बस्टर सावित भएको छ । फिल्ममा उनले संजय दत्तकी आमा नरगिसको भूमिका निभाएकी थिइन् ।
सन् २०१० मा सम्राट दाहालसँग बिवाह गरेकी मनिषाको दुई वर्षपछि सम्बन्ध विच्छेद भएको थियो । पछिल्लो समय उनले सीमा विवादमा ट्वीटर गरेर देशभक्ति देखाइन् । त्यसप्रति भारतीय नागरिकहरुले उनको चर्को आलोचना
मनिषा कोइराला लाई ५० औं जन्मदिनको शुभकामना छ ।
Comments are closed.