प्रकाशको ‘रजतपट’ कार्यक्रममा किन बहिष्कार गर्दै छन ७ संस्थाले
नेपाली चलचित्र तथा कलाकारका सात संगठनले अबदेखि प्रकाश सुवेदीले सञ्चालन गर्ने ‘रजतपट’ कार्यक्रममा सहभागी नहुन चलचित्रकर्मीलाई आह्वान गरेका छन् ।

कार्यक्रम सञ्चालक सुवेदीले कार्यक्रममा नेपाली नायिकालाई लक्षित गरेर अशिष्ट शब्द प्रयोग गरेको विरोधमा चलचित्र तथा कलाकारका सात संगठन एकजुट भएका हुन् ।
एपी वान टेलिभिजनबाट हेरक बिहीबार सञ्चालन हुने ‘रजतपट’ कार्यक्रममा केही दिनअिघ सञ्चालक सुवेदीले नायिका पूजा शर्मालाई लक्षित गरेर ‘दाह्रा’ शब्द प्रयोग गरेका थिए । त्यसको व्यापक विरोध भएको थियो भने नायिका शर्माले चलचित्रसम्बद्ध संघ संगठनमा उजुरीसमेत दिएकी थिइन् ।
लगत्तै पत्रकार सुवेदीले त्यस्तो शब्द प्रयोग गर्नु आफ्नो ठूला गल्ती भएको भन्दै टेलिभिजनमै भिडियो बनाएर हात जोडेर माफी मागेका थिए ।
Comments are closed.