Nepal's First Video FM

विवादित छविकी मोडल तथा यूट्यूवर सोनिका रोकायाले ‘रौद्ररुप’ देखाएकी छन्

422

पछिलो समय पूर्व राजा पारश शाह संग नाम जोडिएर चर्चामा आएकी र अलिक अश्लील तरिकाले युट्युब प्रोग्राम गर्दै आएकी सोनीका फेरी बिबदिद बनेकी छिन अझै चर्चामा आउन हो या किन फेरी उनले फेसबुक लाइभमा आएर ‘रौद्ररुप’ देखाएकी छन् ।

विवादित छविकी मोडल तथा यूट्यूवर सोनिका रोकायाले हालै फेसबुक लाइभमा आएर ‘रौद्ररुप’ देखाएकी छन् । विक्षिप्त मनोदशामा देखिएकी उनले अश्लील गालीगलौजसहित आपत्तिजनक कुराहरु बोलिन् ।

‘कति कुरा नबोल्न खोज्दा खोज्दै पनि साइको बनाइदिन्छन्’ भन्दै उनले लाइभ सुरु गर्छिन् । त्यसपछि उनले अंग्रेजी र नेपालीमा अश्लील शब्दहरु प्रयोग गर्दै आफ्नो भँडास निकालेकी छन् । एक व्यक्तिको नाम लिएर धम्कीसमेत दिन पुगेकी छन् । ती व्यक्ति को हुन् र उनीसँग विवादको विषय के हो भन्ने सोनिकाले खुलाएकी छैनन् ।

पूर्वयुवराज पारससँग सोनिकाको अफेयर रहेको चर्चा केही समयदेखि चलेको थियो । तर, उनीहरु अहिले अलग भएको बताइएको छ । सोनिका गाउँको घरबाट फेसबुक लाइभमा आएकी हुन् । पारससँग निकट हुँदा उनले आफू अब पुरानो छवि सुधार्नतर्फ लागिपरेको बताउने गर्थिन् ।

You might also like

Comments are closed.