Nepal's First Video FM

११ वर्षिय बालकमाथि यौनजन्य क्रियाकलाप गर्ने व्यक्ति पक्राउ

996

फागुन १३, महोत्तरी जिल्लाको बर्दिवासमा एक जना अप्राकृतिक मैथुन गरेको आरोपमा आइतबार पक्राउ परेका छन् ।

बर्दिवास नगरपालिका-१ का करीब ४० वर्षीय अच्युतम रिसाललाई जिल्लाकै गौशाला नपाको लक्ष्मीनियाँका ११ वर्षीय बालकमाथि यौनजन्य अप्राकृतिक क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो ।

बर्दिवास नगरपालिकाको बाल सञ्जालले आर्थिक लेनदेनका बलमा बालयौन दुराचारको घटना मिलाउन लागिएको प्रयासलाई विफल बनाउँदा रिसाललाई पक्राउ गरिएको इप्रका बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए ।

पीडकले पीडितलाई धम्की दिएर समाजको पञ्चायत (छलफल)बाट ५१ हजार दिएर घटना ढाकछोप गर्न लागेका थिए । पीडक रिसालले आफ्नै ठाउँमा मिल्न दबाब दिँदै दुईचार जना बसेर निर्णय गराउँदै ५१ हजार दिन आएको पीडित बालकका पिताले बताएका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.